Logo

Breaking News 1

आँप र लिचिमा लाग्न थाल्यो मोजर


१९ फाल्गुन २०८१, सोमबार  

0
Shares

रौतहट । मधेस प्रदेशका आठ जिल्ला आँप र लिचिको लागि पकेट क्षेत्र मानिन्छ । विशेष गरि रौतहटमा आँप र लिचिको व्यवसायिक खेती हुने गर्दछ ।

तर फाल्गुनको पहिलो सातादेखि नै आँप र लिचिमा मोजर÷मजुर (फूल) लाग्न थालेका छन् । चैतको मध्यसम्म टिकोरा (आँपको सुरूवाति अवस्था) चिचिला देखापर्ने गर्दछ । अहिले आँप र लिचीमा लागेको फूलले कृषक खुसी भएका छन् भने उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

आँप लिचीमा राम्ररी मञ्जरी लागेपछि मधुवा नामको किराको संक्रमण हुने कृषक शम्भु यादवले बताए । यसका लागि होली सकिएपछि रोग र किराबाट जोगाउन औषधि छिर्ने तयारी थालिएको उनको भनाइ छ ।

उनले भने, ‘फूल त गज्जबै फुलेको छ अब संरक्षण गरेर पर्याप्त आम्दानी लिने विश्वास पलाएको छ ।’ आफूले १० कठ्ठामा आँपको बोट लगाएको र यस बर्ष राम्रो आम्दानी हुने विश्वास गरिएको उनको भनाइ छ ।

रासायनिक विषादिले स्वास्थ्यको लागि हानि गर्ने हुँदा सम्भव भएसम्म आयुर्वेदिक औषधि छर्नुपर्ने सुझाव उपभोक्ताको छ । कृषि ज्ञान केन्द्र गौरका अनुसार आँप र लिचि मोजर हेर्दा उत्पादन बढने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : ३६ बजे