काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ । शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र वर्षाको स्थिति थियो ।
आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ ।
आज पनि बिहानैदेखि अधिकांश भूभागहरूमा मौसम सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मुख्यतय सफा रहने पूर्वानुमान छ ।
त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।
प्रतिक्रिया