Logo

खेलकुद

खेलकुद क्षेत्रलाई राज्यले वेवास्ता गरेको छ’


१६ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राज्यको वेवास्ताले खेलाडीहरु विदेश पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् ।

शुक्रवार ललितपुरमा आयोजित राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले अन्र्तराष्ट्रिय जगतमा नेपालको झण्डा फर्फराउने कराते खेल भएको भन्दै यस्तो धारणा  राखको हुन् ।

उनले भने,‘ खेलकुदको इतिहास करातेले राखेको छ । राष्ट्रको प्रतिष्ठा जोगाउने र अन्र्तराष्ट्रिय जगतमा नेपालको झण्डा फर्फराउने भनेकै यी खेलाडीहरु नै हुन् । वास्तवमा भन्नु पर्दा करातेका खेलाडी साफ खेलका खेलाडीहरु, एसियन खेलमा पदक ल्याएका  खेलाडी र खेलकुदलाई राष्ट्रले वेवास्ता गरेको कारण आज सेलिब्रेटि खेलाडीहरु विदेश पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ ।’

उनले राज्यले कम्तिमा १० प्रतिशत मात्रै खेलकुदमा लगानी गर्ने हो भने नेपाललाई खेलकुदको माध्यमबाट चिनाउन सकिने बताए ।

यस्तै, नेपाली कांग्रेसका बाग्मती प्रदेश सभापती इन्द्र बहादुर बानियाले संविधानले दिएको अधिकार स्विकार गर्न नसके गणतन्त्रवादी सरकार बन्न नसक्ने बताएका छन् ।

उनले तीन तहको सरकारले एकले अर्काको अस्तित्व स्विकार गरेर संविधानले दिएको अधिकार अंहिकार गर्नुपर्ने भन्दै संविधानले दिएको अधिकार स्विकार गर्न नसके त्यो सरकार गणतन्त्रवादी सरकार नहुने बताए । 

उनले भने, ‘हरेक समाजको नागरिक सक्षम र सवल बनाउन राज्यको तीन तहको संरचना छ ।  स्थानिय तहले स्थानिय जनताको व्यवस्थापन गर्ने, स्थानिय भनेको सेवा हो । प्रदेश भनेको विकास हो । केन्द्र (संघ) भनेको नीति हो । प्रदेशले विकास गरेर खेलको लागि बजेट छुट्याउने सबै प्रदेशमा विभिन्न विधाका खेलाडी उत्पादन गर्ने र सातै प्रदेशका खेलाडीहरु राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रले नीति बनाउने केन्द्रले बनाएको नीतिले सक्षम र सवल खेलाडिहरु छनोट गरेर अन्र्तराष्ट्रिय जगतमा प्रतिस्पर्धाको लागि पठाउने । स्थानिय तहले प्रदेशमा पठाउने, प्रदेशले संघमा पठाउने एकले अर्काको अस्तित्व स्विकार गर्ने र संविधानले दिएको अधिकार अंहिकार गर्ने यदी स्विकार गर्न सकेन भनेन गणतन्त्रवादी मन्त्री होइन त्यो गणतन्त्रवादी सरकार होइन ।’

यसको साथै, उनले राजामहाराजा, जात र धर्मको कुरा गर्ने समय गएको भन्दै जात र धर्मको नाममा राजनिति गर्न बन्द गर्नुपर्ने बताए । 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : १२ बजे