Logo

Breaking News 1

पाथीभरा आन्दोलनमा भएको दमनविरुद्ध उत्रिन राजेन्द्र महतोको आह्वान


१५ फाल्गुन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गरिएको छ । विहीवार पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

सम्मेलनमा अध्यक्ष महतोले मुकुम्लुङ (पाथीभरा) संघर्षमा राज्यद्धारा दमन, अन्याय विरुद्ध संघर्षमार्फत प्रतिरोध गर्न आव्हान गरेका छन् ।

उनले सरकारबाट स्थानीय राई, लिम्बु समूदायहरुमाथि जातीय संहार गरेर मानव अपराध गरेको बताए । उनले भने,‘मुकुम्लुङ (पाथीभरा) संघर्षको आन्दोनलमा मुकुम्लुङ बचाउ पद यात्रा पश्चात फागुन ८, ९ र १० गते राज्यद्वारा गरिएको निर्मम दमनले लिम्बुहरुमाथिको जातीय संहार अर्थात मानव विरुद्धको अपराध सावित भएको छ ।

प्रहरीको ज्यादती प्रतिकार, आन्दोलनकारीमाथिको व्यवहार, झुटा मुद्दा, घरघरमा धरपकट, बेरोजगारीले राज्यको एकल नीति उजागर गर्दछ ।

भूमी रक्षक लिम्बुवान जनताहरु शान्तिपूर्ण प्रतिरोध गर्नुलाई अपराध करार गरेर झुटा मुद्दा चलाउने र तर्साउने काम निरन्तर भइरहेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल यस्तो अन्याय, दमन विरुद्ध घोर भर्सना गर्दै आन्दोलनकारीको तत्काल रिहाई र प्रहरी प्रमुखमाथि कारवाही एवम सरकारको निरङकुसताविरुद्ध संघर्षमा आउन सम्पूर्ण न्यायप्रेमी नेपाली जनतलाई आव्हान गर्दछौ ।’

अध्यक्ष महतोले राज्यको चरित्रमाथि प्रश्न उठाउँदै देशलाई एकल चिन्तन सोचबाट चलाउने प्रयास गरिएको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ३ : १५ बजे