Logo

कला/साहित्य

अन्तर्राष्ट्रिय कानुन र नेपालको जलस्रोत नामक पुस्तक विमोचन


१३ फाल्गुन २०८१, मंगलबार  

69
Shares

काठमाडौं । वरिष्ठ कानुनविद् एवम् नेपाल सरकारका पूर्व सचिव डा. त्रिलोचन उप्रेतीद्वारा लिखित अन्तर्राष्ट्रिय कानुन र नेपालको जलस्रोत नामक पुस्तक  विमोचन गरिएको छ ।

मंगलवार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले पुस्तकको विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै प्रधान न्यायाधीश राउतले मानिसको शरीर सकिने तर कृर्ति अहिले नसिधिने बताएका छन् ।

उनले भने,‘मानिस त नसो शरीर हो त्यो सिध्न्छि तर किताब भनेको कृर्ति हो त्यो कहिलै सिधिदैन । जुग जुगसम्म बाच्दछ । हामीले पुस्तकको कुरा गर्दा त्यो सिर्जनशिलतासँग जोडिन्छ । ति कुरा पावर पनि  हुन् पचिहान पनि हुन् ।’

उनले अन्तर्राष्ट्रिय कानुन र नेपालको जलस्रोत नामक पुस्तक विद्धान लेखकबाट प्राप्त गर्न पाएको भन्दै यो विषयले अन्तर्राष्ट्रिय कानुनको प्रसंग सन्दर्भलाई नेपालको जलस्रोतसँग जोडिएको पनि बताए ।

उनले थप भने,‘ अन्तर्राष्ट्रिय कानुन र नेपालको जलस्रोत नामक पुस्तक विद्धान लेखकबाट प्राप्त गर्न पाएका छौ । यो विषयले अन्तर्राष्ट्रिय कानुनको प्रसंग सन्दर्भलाई नेपालको जलस्रोतसँग जोडिएको छ ।’

यस्तै, डा त्रिलोचनले रोजगारी बढाउने ,उत्पादन, र राजस्व बढाउने देशको पहिलो आवश्यता रहेको बताए । 

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ८ : ३१ बजे