Logo

प्रदेश

१२ वटा मोटरसाइकल भन्सारमा बुझाइयो


१३ फाल्गुन २०८१, मंगलबार  

92
Shares

रौतहट । रौतहट प्रहरीले विभिन्न समयमा बरामद गरेको मोटरसाइकल भन्सारमा बुझाएको छ । फाल्गुन १ गतेदेखि हालसम्म चेकजाचका क्रममा बरामद भएको मोटरसाइकल गौर भन्सार कार्यलयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार बरामद भएको मोटरसाइकल अधिकांश भारतीय नम्बरका छन । जिल्ला प्रहरी कार्यलय र मातहातबाट खटिएको प्रहरी गस्ती टोलिले कागज पत्र नभएका अवैधानिक मोटरसाइकल बरामद गरेको रौतहट प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले बताए ।

उनका अनुसार चेकजाँचका क्रममा बरामद भएको मोटरसाइकल प्रहरी कार्यलयको परिसरमा राखिएका सो मोटरसाइकल गौर भन्सारमा बुझाइएको हो ।

उक्त मोटरसाइकलको करीब ९ लाख ६० हजार मुल्यांकन गरिएको उनले जानकारी दिए । प्रहरीले बुझाएको मोटरसाइकलको आवश्यक प्रक्रिया अघि बढाइएको गौर भन्सार कार्यलयले जनाएको छ  ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : २७ बजे