जनकपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीइभीटी), मधेश प्रदेश कार्यालयले आफ्नो ३७ औं परिषद दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
सो क्रममा सोमबार मधेश प्रदेश कार्यालयको आयोजनामा जिल्लाभरीका विभिन्न प्राविधिक शिक्षा पढाई हुने विद्यायल÷क्यामपसका विद्यार्थीहरुले प्रभातफेरि निकाल्नुका साथै रक्तदान र वृक्षारोपन कार्यक्रम गरेको छ ।
प्रभावतफेरि कार्यक्रम पश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै सीटीइभीटी, मधेश प्रदेश कार्यालयका निर्देशक नागेन्द्र साहलेृ प्राविधिक शिक्षाको औचित्य पुष्टि नभइरहेकोले विद्यार्थीलाई यस प्रति आकर्षण बढाउने उद्देश्यका साथ जनकपुरधामभरि जुलुस निकालेको बताए ।
उनले विदेश जानेहरु अधिकांश लेबरको काममा जाने गरेकोले यो एउट ठूलो बिडम्बना भएको धारणा राखे । उनले प्राविधिक सिप आर्जन गरेर मात्र केही महिनाको तालीम लिएर एउट पलम्बरको काममा विदेश जाने हो भने लेबरको कामभन्दा कयौं गुणा बढी पैसा कमाउन सक्ने बताए । उनले आफ्नै देशमा अहिले धारा मर्मत गर्ने मान्छे पाउन कठिन भएको सुनाए ।
प्रभातफेरि कार्यक्रममा १५ वटा संस्थाका करिब ३००० जना विद्यार्थी सहभागी भएका थिए ।
प्रतिक्रिया