Logo

प्रदेश

पेस्तोल सहित दुई जनालाई पक्राउ


१२ फाल्गुन २०८१, सोमबार  

115
Shares

रौतहट । रौतहटको गौरबाट चितवनतर्फ जाँदै गरेको एक यात्रु बाहक बसबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।

ना ८ ख ८७७३ नम्बरको बसलाई हेटौँडा–१५,रातोमाटे स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले पेस्तोल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  एक थान पेस्तोल र ९ मिलिमिटरको ३ राउन्ड गोलीसहित २ जना भारतीय नागरिकलाई  पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरजकुमार र मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपककुमार रहेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक विश्वराज खड्काले पेस्तोल सहित पक्राउ परेका नागरिकका बारेमा आवश्यक अनुसन्धान भै रहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ३३ बजे