Logo

धर्म / संस्कृति

आजको राशिफल


११ फाल्गुन २०८१, आइतबार  

46
Shares

मेष राशि
समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। जिम्मेवारी बढ्नेछन्। मुख्य काममा बाधा हुनेछ।

बृष राशि
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्।

मिथुन राशि
आँटेका काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले थप उत्साह जगाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्।

कर्कट राशि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। कसैले करकापमा पारेर फाइदा उठाउने कोसिस गर्नेछन्। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। रकम बाहिरिनेछ।

सिंह राशि
समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ

कन्या राशि
परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ।

तुला राशि
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

बृश्चिक राशि
काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ।

धनु राशि
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। आँटले काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ।

मकर राशि
कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

कुम्भ राशि
गरेको कामले राम्रै लाभ दिलाउनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुने समय छ।

मीन राशि
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ०५ बजे