Logo

Breaking News 1

राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट


९ फाल्गुन २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट सुरू हुँदैछ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तब्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘बृहत आमसभा’ कार्यक्रम गर्न लागेको हो ।

आज पहिलो दिन बृहत भण्डाफोर कार्यक्रम पोखराबाट सुरू हुँदैछ । फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौँ र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १० : २२ बजे