Logo

प्रदेश

दुई पत्रकारले समाजवादी प्रेस संगठन छाडे


६ फाल्गुन २०८१, मंगलबार  

92
Shares

रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन समाजवादी प्रेस संगठनका दुईजना पत्रकार प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन ।

प्रेस चौतारी नेपाल नेकपा एमाले पार्टीको भातृ संगठन हो ।  प्रेस चौतारी रौतहटको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा र अर्का केन्द्रीय सदस्य कृष्ण तिवारी प्रेस चौतारीमा प्रवेश गरेका हुन ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणि सुवेदी, महासचिव हिरामान लामालगायत मधेश प्रदेशका नेकपा एमाले र प्रेस चौतारीका नेताहरूले दुबै जनालाई टिकामाला लगाई औपचारिक रुपमा प्रेस चौतारीमा प्रवेश गराएका छन ।

प्रेस चौतारीमा प्रवेश गरेका झाले यस संगठनमा रहेर आफूलाइ दिइएको जिम्मेवारी पुरा गर्ने बताए । प्रेस चौतारी नेपाल रौतहटका जिल्ला अध्यक्ष आदर्श उपाध्यायका अनुसार उदघाटन सत्र समापन भएको र बन्द सत्रबाट नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ५९ बजे