काठमाडौं । काठमाडौंको धोबिखोलामा एउटा कार खसेको छ । आइतवार साँझ मदन भण्डारी कलेज छेउमा कार खसेको हो ।
बा २१ च ६६१४ नम्बरको कार आज साँझ धोबिखोलामा खसेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ । कुनै मानवीय क्षति नभएको र आवश्यक चेकजाँच गरिरहेको पनि प्रहरी वृत्त सिंहदरबारले दिएको छ । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया