Logo

Breaking News 1

सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा



काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका छन् । सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे सचेतकहरू छलफलमा जुटेका हुन् ।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी छन् ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : २२ बजे