Logo

Breaking News 1

अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना



काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए । पोखरामा सामान्य उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

अहिले अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ३ : २९ बजे