Logo

Breaking News 1

गौर नगरपालिका कार्यसम्पादनमा उत्कृष्ट



रौतहट । रौतहटको गौर नगरपालिका कार्यसम्पादनमा जिल्लाभरिका पालिकामा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गौर नगरपालिकाले ६१.६ अंक पाएको हो ।

आयोगले विभिन्न १७ वटा सूचकमा मूल्यांकन गर्ने गर्दछ । ती सूचकहरुको सय अंक दिने गरिन्छ । जस अनुसार गौर नगरपालिकाको ६१.६ अंक पाएको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए । उनका अनुसार आयोगको नतिजामा जिल्लामा नै पहिलो स्थान प्राप्त गर्नु खुसीको कुरा हो ।

आयोगले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा गत माघ ३० गते सार्वजनिक गरेको थियो । कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्लाको सबैभन्दा कमजोर फतुवा बिजयपुर नगरपालिका देखिएको छ ।

फतुवा बिजयपुर नगरपालिकाले ३१.४ अंक पाएको हो । गढिमाइ नगरपालिकाले ४४.०,माधवनारायण नगरपालिकाले ३६.९, देवाहीगोनाही नगरपालिकाले ३५.०, मौलापुर नगरपालिकाले ५४.४, बौधीमाइ नगरपालिकाले ३५.३, परोहा नगरपालिकाले ५२.५, राजपुर नगरपालिकाले ५६.९ अंक ल्याएको छ ।

इशनाथ नगरपालिकाले ५९.८, गरुडा नगरपालिकाले ५७.६,चन्द्रपुर नगरपालिकाले ४१.५, गुुजरा नगरपालिका ४०.१, कटहरिया नगरपालिकाले ३४.६, वृन्दावन नगरपालिकाले ३८.३ अंक ल्याएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्बजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा उल्लेख छ ।

यसैगरी यमुनामाइ गाउँपालिकाले ४०.२, दुुर्गाभगवती गाउँपालिकाले ५४.८ र राजदेवी नगरपालिकाले ४५.५ अंक ल्याएको आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख छ । रौतहटमा १६ नगरपालिका र २ वटा गाउँपालिका गरि १८ स्थानीय तह रहेका छन ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १२ : १९ बजे