काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको अवसरमा आयोजित वृहत रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ। मिति २०८१ सालको माघ २५ गते, आयोगको परिसरमा बिहान १०:०० बजेबाट दिउँसो ३:०० बजेसम्म चलेको यस कार्यक्रमको उद्घाटन आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यद्वारा गरिएको थियो।
कार्यक्रममा १३९ जना सहभागीले रक्तदान गरेका थिए। यस अवसरमा आयोगका कर्मचारी तथा अन्य सरोकारवालाहरूको समेत उत्साही सहभागिता देखिएको थियो। रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वलाई महत्व दिने उद्देश्य लिएको आयोगले जनाएको छ।
प्रतिक्रिया