Logo

मुख्य समाचार

मतभेद बिर्सेर हामीबीच एकता भयो भने कांग्रेसले बहुमत ल्याउन सक्छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो मतभेद बिर्सेर पार्टी एकता गरेर अगाडि बढे यही व्यवस्थामै पार्टीले  बहुमत ल्याउन सक्ने बताएका छन् ।

सोमबार पोखरामा आयोजित प्रदेश सभापतिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देखिएका चुनौतीको सामना गर्न पनि एक भएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने,‘ हामीले आफ्नो मतभेद बिर्सेर पार्टी एकता गरेर सबै साथिहरु लाग्ने हो भने हाम्रो पार्टीले बहुमत प्राप्त गर्न सक्छ । पार्टीमा एकता जरुरी छ, सबैलाई साथमा लिएर हिँड्न जरुरी छ । अहिलेको चुनौतीको सामना गर्न पनि एक हुनुपर्ने । हाम्रो देशमा सुन्दर राजनीति छ । समानुपातिक र समावेशी छ । यो उत्तम व्यवस्था हो ।’

त्यस्तै उनले यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो रहेको भन्दै तैपनि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए । पार्टीलाई हाक्ने र बनाउने भोलीका नेताहरुको काँधमा धेरै ठूलो जिम्मेवारी आएको उनको भनाई छ ।

उनले भने, ‘वास्तबमा यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ । तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं । त्यसका बाबजुत भोलिका दिनमा हामीहरु बहुमत ल्याउन सक्ने पार्टी बन्न सकिन्छ । त्यसकारण भोलिका नेताहरु, जसले यो पार्टीलाई हाक्नुपर्नेछ, बनाउनुपर्छ, उहाँहरुको काँधमा धेरै ठूलो जिम्मेवारी आएको छ ।’

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ७ : २२ बजे