काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यसैगरी आज चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।
प्रतिक्रिया