Logo

Breaking News 1

रास्वपाले बाेलायाे सचिवालय बैठक, यस्ताे छ एजेन्डा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्नेगरी सचिवालय बैठक बोलाएकाे हाे ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) माथि छलफल हुने रास्वपाले जनाएको छ ।

सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनलगायत विषय छलफलका एजेन्डा रहेको रास्वपा कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ३९ बजे