काठमाडौं । क्रिसमसको दिन रुसले युक्रेनका विभिन्न सहरमा ब्यालेस्टिक र क्रुज मिसाइलद्वारा आक्रमण गरेको छ। युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले पुष्टि गरे अनुसार, युक्रेनका ऊर्जा संयन्त्रहरूमा ठूलो मात्रामा आक्रमण भएको छ र विद्युत् आपूर्ति तत्कालका लागि बन्द गरिएको छ।
आक्रमणको असर खार्किभ शहरमा विशेष गरी महसुस भएको छ, जहाँ ठूलो विष्फोटका आवाज सुन्ना गएका थिए। खार्किभका मेयर इओर तेरेखोभले शृङ्खलाबद्ध विस्फोटहरूको बारेमा जानकारी दिँदै कम्तीमा तीन जनाका घाइते हुने खबर दिएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। खार्किभका क्षेत्रीय प्रमुख ओलेह सिनिहुबोभले भने, रुसी हवाई आक्रमणमा कम्तीमा ६ जना घाइते भएको जानकारी दिएका छन्।
खार्किभको ठूलो हिस्सा क्षतिग्रस्त भएको र शहरका ऊर्जा संरचनामा पनि गम्भीर क्षति पुगेको पुष्टि भएको छ। यो सहर युक्रेनको उत्तर–पूर्वी क्षेत्रमा स्थित छ र रुसको सिमानासम्मको दूरी छ।
युक्रेनको सबैभन्दा ठूलो निजी विद्युत् कम्पनी डीटीईकेले रुसको आक्रमणले आफ्नो थर्मल पावर प्लान्टमा गम्भीर क्षति पुर्याएको र किभ, निप्रोपेट्रोव्स्क, र ओडेसामा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ। यससँगै यो वर्ष युक्रेनका ऊर्जा प्लान्टहरूमा रुसको यो १३औं आक्रमण हो।
ऊर्जा मन्त्री गालुसेन्कोले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् र आक्रमणका कारण विद्युत् आपूर्ति प्रभावित भएको अवस्थामा विद्युत् कम्पनीहरूले क्षतिको मूल्याङ्कन गर्दा मात्र विस्तृत जानकारी प्रदान गर्ने बताएका छन्।
प्रतिक्रिया