Logo

विश्व

टर्कीले २०२५ का लागि न्यूनतम ज्याला बढायो



काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलबार सन् २०२५ का लागि न्यूनतम ज्यालामा ३० प्रतिशत वृद्धि गरी २२ हजार १०४ लिरा (लगभग ६३० अमेरिकी डलर) पुर्‍याएको घोषणा गरेका छन् ।

श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हितमा वृद्धि हुने र देशको आर्थिक स्थायित्वलाई मजबुत बनाउने विश्वास व्यक्त गरे । यद्यपि, टर्की कन्फेडेरेसन अफ ट्रेड युनियन (टर्क–आईएस)ले तलब प्रस्तावको बारेमा पूर्वसूचनाको अभावको कारण बैठकमा उपस्थित नहुने निर्णय गरेको छ ।

टर्क–आईएसका अध्यक्ष एर्गुन अतालेले यसअघि ४५ प्रतिशत वृद्धि र २० प्रतिशत सामाजिक हिस्सासहित २९ हजार ५८३ लिरा ९लगभग ८४५ डलर०को खुद ज्यालाको मागलाई रूपरेखा दिएका थिए । युनियनले यो संख्याभन्दा कम कुनै पनि निर्णयलाई अनुमोदन नगर्ने दोहोर्‍याएका थिए । २०२४ को लागि न्यूनतम ज्याला १७ हजार दुई लिरामा सेट गरिएको थियो ।

यसैबीच टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरमा ४७।०९ प्रतिशतमा झरेको छ । जुन २०२३ को जुनयताकै न्यून स्तर हो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १२ : १४ बजे