काठमाडौं । सहकारी ठगीको आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतको बयान आज लिइँदै छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान आज पनि लिन लागिएकाे हाे । रविसहित पाँच जनालाई अदालत उपस्थित गराइए पनि सोमबार पूर्वडीआईजी छविलाल जोशीको बयान लिइएको छ ।
लामिछानेको मुद्दा जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा छ । बयान सकिएपछि उनीहरूको थुनछेक बहस हुनेछ ।
पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ ।
सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ ।
प्रतिक्रिया