काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बाँकी भू-भाग सामान्यतया सफा रहेको छ ।
दिउँसो कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।
राति भने हिमाली क्षेत्रमा आंशिक बदली रही हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया