काठमाडौं । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले २०८२ साल वैशाख २६ गते बद्रिनारायण मन्दिरको प्राण प्रतिष्ठान गर्न लागेको जानकारी दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नमूना बद्रिनारायण मन्दिर ‘प्राण प्रतिष्ठान एवं अनुष्ठान’ को घोषणा सभामा उनले नेपाल सरकार पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार २०८२ साल वैशाख २६ गते ९ :०२ बजेको प्राण प्रतिष्ठान गर्न लागेको बताए ।
उनले भने, ‘२०८२ साल वैशाख २६ गते ९ :०२ बजेको शुभसाइतमा नेपाल सरकार पन्चाङ्ग समितिले दिएको साइत अनुसार बद्रिनारायण मन्दिरको प्राण प्रतिष्ठान गर्दैछौ ।’
यसका साथै, उनले नेपाल पुण्यमय, तिर्थमय, अध्यात्मिक र गरिमामय भूमि भएको भन्दै एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ भन्ने संकल्पका साथ अगाडि बढेको बताए ।
उनले भने, ‘ध्यान नेपालको हो । ध्यान सबैभन्दा पहिला भगवान पशुपतिनाथले गर्नुभएको हो । त्यसैले यो भूमि पुण्यमय, तिर्थमय, आध्यात्मिक र गरिमामय हो । यो भूमिलाई विश्व जगतमा उठाउनको लागिसंकल्प एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ भन्ने नै हो । त्यसका लागि हामीसँग वेद र बुद्ध छ । वेदको अध्यात्मिक र बुद्धको ध्यानको बिरासत छ ।’
अध्यात्मिकताको नविनतम प्रयोग, सनातनी प्रयोग, सेवा र साधनाको माध्यमबाट समाजको बृहत समृद्धि गर्ने संकल्पका साथ लागिरहेको पनि उनको भनाई छ ।
प्रतिक्रिया