Logo

समाचार

पत्रकारको निर्वाचन : देशभरिको मतपरिणामको नतिजा हेर्दा निर्मला शर्माको प्यानल अगाडि



काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि मतदान सम्पन्न भएलगत्तै निर्मला शर्माको प्यानल अगाडि रहेको छ ।

शुक्रबार केन्द्रीय कार्यालय सिनामंगलमा मतगणना सुरु भएसँगै सबै जिल्लाहरुमा युनियन र चौतारीको प्यानल अगाडि रहेको महासंघ कार्यवाहक अध्यक्ष बाला अधिकारीले बताइन् । तर अन्तिम मत परिणाम ३ बजेभित्र आइसक्ने अधिकारीले बताइन् ।

उनले भनिन् ,‘ देशैभरिको अवस्था हेर्दाखेरी युनियन र चौतारीको प्यानल अगाडि देखिन्छ । काठमाडौंमा अलिकति फरक छ । बाहिर र काठमाडौंको मतपरिणाम अहिलेसम्म गणना भएकोमा निर्मला शर्माको अग्रता छ । सम्भवत यहीँ प्यानल नै अन्तिमसम्म आउँछ होला । तर सदस्यहरुमा मिश्रीत रुप देखिएको छ । प्रदेश अध्यक्षहरुमा पनि मिश्रीत नतिजा आउने देखिएको छ । तर केन्द्रमा पदाधिकारी चाँही गठबन्धनकै आउने देखिएको छ । ’

साथै  उनले नेतृत्व जे जस्तो आए पनि पत्रकार महासंघको जित भएको बताइन् । उनले लामो समयदेखी निर्वाचन हुन नसक्दा अन्यौंलताको भ्रमलाई चिर्दै पत्रकार महासंघले चुनाव गेरेरै जित दर्ता गरेको बताएकी हुन् ।

काठमाडौं जिल्ला शाखामा कुल मतदाता १ हजार ६४ जना छन् । यसैवीच विभिन्न जिल्ला शाखाहरुबाट चुनावी परिणाम आउन थालिसकेको छ । शुक्रबार साँझ ८ बजेसम्म इलाम, तेह्रथुम, ओखलढुंगा, खोटाङ, दोलखा, अर्घाखाँची, रोल्पा लगायतका जिल्लाको मत परिणाम आएको छ ।

स्रोतका अनुसार अधिकांश ठाउँमा युनियन र चौतारीको गठबन्धनले जित हात पारेका छन् भने कतिपय ठाउँमा बागीले समेत जितेका छन् । केन्द्रीय पदाधिकारीमा पनि सत्ता पक्षीय गठबन्धनलाई ‘बागी’ ले चुनौती दिने सम्भावना विभिन्न जिल्लाको मत परिणामले देखाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ११ : ५९ बजे