Logo

मुख्य समाचार

फेरि पक्राउ परे दुर्गा प्रसाईं



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका छन् ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र्र फुयल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी ) को हिरासतमा छन् । प्रसाईंले नै उनलाई प्रयोग गरेर धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ।

व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुयलले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएका छन् । आपराधिक लाभ सम्बन्धी सो कसुरमा प्रहरीले प्रसाईंसँग पनि बयान लिइसकेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ५ : २० बजे