काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले १९.३ ओभरको खेलमा १०१ रन बनाउँदै अलआउट भएको हो ।
५ खेलमा ४ जित र १ हारका ब्यहोरेको जनकपुरले आजको खेल पनि जित्ने हो भने लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने टोली बन्ने छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग भने पराजित भएको थियो ।
४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हासिल गरे काठमाडौंले प्लेअफको सम्भावना बलियो बनाउँन सक्छ ।
प्रतिक्रिया