काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले नेपालमा स्थापित विश्वविद्यालयहरूमा ‘विश्वविद्यालय सेवा आयोग’ गठन गर्न सुझाव दिएका छन् ।
बुधबार राज्यव्यवस्था समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा दफावार छलफल गर्नुअघि लोकसेवा आयोगका पदाधिकारीसँग छलफलमा उनले कर्मचारी भर्ना, छनोट र सिफारिसका लागि ’विश्वविद्यालय सेवा आयोग’ गठन गर्न सुझाव दिएका हुन् ।
उनले भने,‘सबै विश्वविद्यालयमा भर्ना हुने विभिन्न तहका कर्मचारी भर्नाका लागि एउटा छुट्टै आयोगको आवश्यकता महसुस छ । कर्मचारी भर्ना, छनोट र सिफारिसका लागि ‘विश्वविद्यालय सेवा आयोग’ गठन गर्न उपयुक्त हुन्छ । विश्वविद्यालयहरू विशिष्ट प्रकृतिका प्राज्ञिक संस्था भएको कारणले संविधानको मर्म र भावना अनुरूप मुलुकका सबै विश्वविद्यालयहरूको पदपूर्तिको एकल जिम्मेवारीसहित एक विश्वविद्यालय सेवा आयोग गठन गर्ने र सो आयोगले सबै विश्वविद्यालयहरूको भर्ना, छनोट र सिफारिसको कार्य गर्ने व्यव्यवस्था गर्न पनि उपयुक्त देखिन्छ ।’
अध्यक्ष रेग्मीले विश्वविद्यालयहरूमा विभिन्न कारणले पदपूर्ति लामो समयसम्म हुन नसकेकाले पनि त्यस्तो आयोगको आवश्यकता परेको बताए छ ।
संविधानमा व्यवस्था नहुँदा पनि सम्बन्धित विश्वविद्यालयका ऐनहरूमा भने लोकसेवा आयोगका सदस्यको प्रतिनिधित्व हुने व्यवस्था रहेको अध्यक्ष रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया