Logo

मुख्य समाचार

मंसिर २६ गते संघीयता सबलिकरणको विषयमा मधेसमा छलफल गरिने



काठमाडौं ।  विधायन व्यवस्थापन समितिको आइतबारको बैठकले मंसिर २६ गते मधेश प्रदेशमा जाने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति तुलसा कुमारी दाहालले २६ गते मधेश प्रदेशको कार्यक्रममा संघीयता सबलिकरणको विषयमा छलफल गरिने बताएकी हुन् ।

उनले भनिन्, ‘हामी मंसिर २६ गते मधेश प्रदेशमा जाने छौं । जहाँ मधेश प्रदेशको कार्यक्रममा संघीयता सबलिकरणको विषयमा छलफल गरिने छ । अरु विषयमा हामी आन्तरिक छलफल गर्नेछौं ।  २६ गते ६ जना मान्यज्युहरु मधेश प्रदेशमा जाने छन् ।’

साथै बैठकले आउँदो शनिबार १८ औँ संसद सेवा दिवसको अन्तरक्रिया मनाउने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : १३ बजे