Logo

समाचार

प्रधानमन्त्रीको चीन भ्रमणले नेपालमा लगानीको अनुकूल वातावरण  बनेको सन्देश दिएको : अध्यक्ष ढकाल


२१ मंसिर २०८१, शुक्रबार  

115
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन्।

न्युज एजेन्सी नेपालको आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भ्रमणको दौरान निजी क्षेत्रले चिनियाँ व्यवसायीलाई लगानीका सम्भावित क्षेत्र, विद्यमान कानूनी ढाँचा र निजी क्षेत्रका पहलका बारेमा जानकारी गराउन सक्ने अवसर मिलेको बताए।

उनले भने , ूपरम्परागत कानूनी सुधार, वैदेशिक लगानी सहजीकरण लगायतका विषयमा दुई देशका बीचमा राम्रो छलफल भएको छ।ू

साथै, क्रेडिट रेटिङको सुधार नेपालमा लगानीका लागि उपयुक्त अवसरको सन्देश दिने कुरा पनि उनले जोड दिए। अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानको विषयमा पनि छलफल भएको जानकारी दिएका छन् ।

अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्षको रूपमा घोषणा गरेको कुरा पर्यटनको क्षेत्रमा सकारात्मक असर गर्ने बताएका छन्। उहाँले सडक, हवाई, रेल र सञ्चार सञ्जालको विकासमा जोड दिने महत्त्वपूर्ण कुरा उठाएका हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ३२ बजे