Logo

कर्पोरेट

पुस १२ गते नेपाल एसबीआई मर्चेण्ट बैंकिङले साधारण सभा गर्दै


२१ मंसिर २०८१, शुक्रबार  

92
Shares

काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले पुस १२ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

कम्पनीको नाम परिवर्तन गरी नेपाल एबिआई क्यापिटल लिमिटेड कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १२ : ५८ बजे