Logo

मुख्य समाचार

नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहबाटै पक्राउ


२१ मंसिर २०८१, शुक्रबार  

276
Shares

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहबाटै पक्राउ परेका छन्। उनलाई स्थानीय एक युवतीको हत्या र उनका भाइलाई अपहरण गरेको आरोपमा बिहीवार पक्राउ गरिएको हो।

डाक्नेश्वरी १ को वडा कार्यालयमा आयोजित पदस्थापना कार्यक्रममा मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ।

गत मंसिर १६ मा सम्पन्न उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार साह ६५२ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका थिए।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ६ : ३५ बजे