Logo

कर्पोरेट

१५.९३ अंकले घटेको शेयर बजार



काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९३ अंकले घटेर दुई हजार ७३४.९३ अंकमा बजार बन्द भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.०२, फ्लट इन्डेक्स १.७४ र सेन्सेटिभ फ्लट इन्डेक्स १.७२ अंकले घटेको छ भने जीवन बीमा र वित्तबाहेक अन्य ११ उपसमूहको शेयर ओरालो लागेको छ ।

बिहीबार कारोबारमा आएका २४४ मध्ये २०१ कम्पनीले घाटा बेहोरेका छन् भने ४० कम्पनीले नाफा कमाउँदा ३ को स्थिर रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ४ : २८ बजे