Logo

कर्णाली प्रदेश

करेन्ट लागेर एक युवकको मृत्यु



काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका–४, रारागाउँमा आज बिहान ९ बजे करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीय वीरेन्द्र चौलागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

चौलागाईंले विद्युतसम्बन्धि सामान्य काम गर्दै आएका थिए । मुचुल्का तयार गरेर शव परीक्षणका निम्ति जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : ५४ बजे