एजेन्सी । चीनले हालै सार्वजनिक गरेको फाइटर जेट विमानको विश्वभर चर्चा भएको छ । चुहाई एयर शोमा अत्याधुनिक उक्त फाइटर जेटको अनावरण गरेसँगै यसले चर्चा बटुलेको हो । ‘ह्वाइट एंपरर’ नाम दिइएको यो जेट तिब्र गतिमा उडान भर्न सक्षम छ भने पृथ्वीको वायुमण्डलभन्दा बाहिर अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमता रहेको चीनको दाबी छ ।
अत्याधुनिक टेक्नोलोजी अर्थात स्टिल्थ क्षमता, सुपरसोनिक गति र उन्नत हतियार प्रणालीको प्रयोग गरेर निर्माण गरिएको जेट पीपुल्स लिबरेशन आर्मी एयर फोर्सको ७५औं वार्षिकोत्सवको अवसरमा ग्वाङडोङ प्रान्तमा एयर शो समेत गरिएको थियो ।
१५औं चाइना इन्टरनेशनल एभिएसन एण्ड एरोस्पेस प्रदर्शनीमा भने पाँचौं पुस्ताको लडाकू जे२० लगायतका चीनका धेरै उच्च स्तरका जेटहरूले उडान प्रदर्शन गरेका छन् ।
परम्परागत युद्ध र अन्तरिक्षीय सुरक्षाका लागि सक्षम मानिएका यस्ता जेट अमेरिका र चीनले प्रतिस्पर्धात्मक रुपमा निर्माण गरिरहेका छन् । जे– २० र जे– ३५ निर्माण गरिसकेको चीनले भने नयाँ फाइटर जेटको विकासले चीनको सैन्य प्रविधिमा ठूलो उपलब्धि ठानिएको छ । हालै चुहाईमा भएको वार्षिक एयर शोमा रुसी एसयू–५७ फेलान र चाइनिज जे–३५ अन्तर्राष्ट्रिय बजारमा दौडिरहेका दुई फाइटर प्लेनले उडान भरेका थिए ।
प्रतिक्रिया