Logo

Breaking News 1

आजकाे माैसम : कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना


२१ कार्तिक २०८१, बुधबार  

46
Shares

काठमाडौं । हाल नेपालमा देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । हाल देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना छ ।

विभागका अनुसार बिहान कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ६ : १८ बजे