Logo

Breaking News 1

सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा पेस गरियाे


२० कार्तिक २०८१, मंगलबार  

115
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार पुनः कास्की जिल्ला अदालतमा पेस गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका निम्ति अदालतमा उपस्थित गराएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १० : ५२ बजे