Logo

कर्पोरेट

किन लाभांश वितरण नगर्ने भयो त नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ?


१४ कार्तिक २०८१, बुधबार  

138
Shares

काठमाडमौं । कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हालको लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय गरेको नेप्से मार्फत जानकारी दिएको छ । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । गत आर्थिक वर्षको बैंकले रू. १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० खुद नाफा कमाएको थियो ।

अघिल्लो आवको मुनाफाबाट बैंकले ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  २ : २८ बजे