Logo

कला/साहित्य

स्वयम्भु शाक्यको पुस्तक क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा


१२ कार्तिक २०८१, सोमबार  

69
Shares

काठमाण्डौ । युगकवि सिद्धिचरणका कालजयी रचनाहरुको समिक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा आएको छ ।

साहित्यकार, समिक्षक तथा समालोचक स्वयम्भु शाक्यद्धारा लिखित पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले हालै बजारमा ल्याएको हो । पुस्तकमाथी युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले मन्तब्य जाहेर गरे  । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणिन्द्रराज निरौलाले प्रकास पारेका छन् ।

डा. निरौलाले पुस्तकमाथी टिप्पणी गर्दै भन्नु भने,‘प्रस्तुत पुस्तक युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरु अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो ।’

त्यसैगरी पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकवि सिद्धिचरणका केही कविता र खण्डकाब्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपुर्ण दस्ताबेज भएको बताए ।

लेखक शाक्यले दुइ बर्षको तयारी पछि पुस्तक बजारमा आएको बताए । ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान,े जुनकिरी र भिमशेन थापा शीर्षकको खण्डकाब्यका बारेमा अध्ययन गरि लेखिएको पुस्तक ५४० पेजको रहेको छ । मन छुने शैलीमा लेख्ने खुबी भएका शाक्यले युगकविको रचनाहरुलाई समिक्षा मार्फत थप पठनीय बनाएका हुन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : ३६ बजे