Logo

Breaking News 1

स्थानीय, पश्चिमी र भारतको ओडिशामा रहेको न्यून चापीय क्षेत्रको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


११ कार्तिक २०८१, आइतबार  

69
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव छ । अहिले कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोसी र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलदेखि मौसम मुख्यतया सफा रहने भने देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति, देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने भने कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : २२ बजे