Logo

Breaking News 1

हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री


१० कार्तिक २०८१, शनिबार  

69
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको बारेमा संसारलाई बुझाउन जरुरी रहेको बताएका छन् । शनिबार (राष्ट्रिय जलवायु सम्मेलन) २०८१ लाई सम्बोधन गर्दै उनले विश्व कल्याणका लागि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आफ्नो पहिचान गर्नुपर्दछ तर सबैको विकास राष्ट्रिय एकताका साथ गर्नुपर्दछ । प्रकृति परिवर्तन भइरहन्छ, प्रकृति कहिले स्थिर रहँदैन ।

मान्छेले बनाएर जुन बिगारेको कुरा छ त्यसले वातावरणमा आएको क्षती मानवीय कमी कमजोरीका कारणले अथवा विकास, वातावरणको इको स्टिमलाई नोक्सान नपारिकन गर्नुपर्ने विकास वातावरणतिर ध्यान नदिँदा हाम्रोमा न विकास भएको छ । न त वातावरण नै बिग्रेको छ । स–साना पार्टिकल्स धुँवामा उड्छन् ।

ति पार्टिकल्स नुनिला पनि हुन्छन् । धुँवा र ति पार्टिकल्स दुईटै सँगै भएपछि हिमालमा ठोकिन्छ र हिउँ पग्लिन्छ । हिउँपर्ने ठाउँहरुमा बाटा खोल्नुपर्यो भने नुन छरेर बाटो खोल्नुपर्ने हुन्छ । जब बाटाहरु नुन छरेर खोलिन्छ तब एकैचोटि एसिड र नुन परेपछि हिमाल कसरी रहन्छ ? त्यसपछि सेता हिमाल काला भइहाल्छन् । त्यहीँ भएर जलवायु सम्बन्धी कर्तव्य निभाउन सकेका छैनौं तर हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ । विश्व कल्याणका लगि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने छ ।’

साथै उनले नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु सम्बन्धी लिड गरिरहेको बताए । उनले सबैभन्दा बढी सरकोरावाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्ने भूगोल नै नेपाल भएको बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १ : ४७ बजे