Logo

Breaking News 1

चक्रवात ‘दाना’को अंशको आंशिक प्रभाव : मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना


१० कार्तिक २०८१, शनिबार  

92
Shares

काठमाडाैं । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को अंशको आंशिक प्रभाव समेत रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बांकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति कोशी प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ६ : १९ बजे