Logo

Breaking News 1

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य



काठमाडौं । अमेरिकाविरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएसएले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्रै बनाउन सकेको हो ।

पहिलो खेलमा १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको थियो। तेस्रो खेल जित्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा छ ।

अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले तीन विकेट लिएका छन् । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएर तीन विकेट हात पारेका हुन् ।

नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले एकएक विकेट लिए अन्य बलर भने चल्न सकेनन् । नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ५५ बजे