मुम्बई । भारतमा एनसीपी (अजित पवार गुट) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो ।
त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो ।
प्रतिक्रिया