Logo

कर्पोरेट

प्रभु बैंक लिमिटेड सहित प्रभु ग्रुपद्वारा एक करोड पचहत्तर लाख प्रकोप उद्धार कोषमा सहयोग


२२ आश्विन २०८१, मंगलबार  

69
Shares

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु बैंक लिमिटेड सहित प्रभु ग्रुपद्वारा एक करोड पचहत्तर लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रभु समुहका देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री के।पी। शर्मा ओलीलाई सोमाबार चेक हस्तान्तरण गरेका हुन्  ।

प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट कुल रकम एक करोड पचहत्तर लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

प्रभु समुह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समुहले गरेको छ  ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ११ : ३४ बजे