Logo

कर्पोरेट

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा असोज २० गते सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साथै, यस सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन: निर्बिरोध निर्वाचित गरेको छ । बैंकका अनुसार आव २०८१/८२ को लागि एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन:नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

साथै, सेयरधनीहरुलाई आ.व २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १२ : २७ बजे