Logo

कर्पोरेट

दोहोरो अंकले बढ्यो नेप्से



काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ५६.०९ अंकले बढेर दुई हजार ६ सय ५३ दशमलव ५८ विन्दुमा बन्द भएको हो ।                                               

नेप्सेमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये २१९ वटाको बढेको छ भने २३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                    

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : १२ बजे