Logo

खेलकुद

एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी शुक्रबारदेखि


१७ आश्विन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । एसिया रग्बीको आयोजनामा र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले यही असोज १८ र १९ गते दशरथ रंगशालामा ‘एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा एसियाका नेपालसहित १६ वटा देशहरुको सहभागिता रहनेछ । जसमा पुरुष रग्बी सेभेन्स तर्फ १४ वटा टिम र महिला रग्बी सेभेन्समा सातवटा टिमले सहभागिता जनाउने छन् ।

जसमा देशमा चलिरहेको विभिन्न द्वन्द्वका कारण इरानको महिला टोलीले मात्रै यस प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको छ ।

एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलहरुले सहभागी जनाउने यस अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालमा खेल पर्यटन प्रवर्द्धन हुनेमा संघको विश्वास छ । प्रतियोगितामा करिब दुई करोड १० लाख लागत लाग्ने अनुमान गरिएको छः ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछन् भने दितिया हुने टोलीले रजत र तृतिया हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ५ : ०६ बजे