Logo

Breaking News 1

कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना


१७ आश्विन २०८१, बिहिबार  

69
Shares

काठमाडाैं । देशभर मनसुनी वायुसँगै भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ । कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानमा हावा/हुरीसमेत चल्नेछ ।

त्यसैगरी ​राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी शुक्रबार​ दिउँसो कोशी प्रदेशमा र राति बागमती प्रदेशका पहाडी भू-भागमा भारी वर्षा हुनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ६ : २३ बजे