Logo

खेलकुद

काभा यू–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीको बिदाई



काठमाडौं । नेपाल यू–२० पुरुष भलिबल टोलीलाई विदाई गरिएको छ ।

बुधबार श्रीलंकामा हुन लागेको पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको हो ।

नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदीश भट्टलगातयले टोलीको बिदाई गरेका हुन् ।

सोही क्रममा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राम्रो खेल प्रदर्शन गर्न सबैलाई आग्रह गर्दै राष्ट्रिय खेकुद परिषद् सधैँ साथमा रहेको बताए ।

उनले भने, ‘हामीले राम्रो खेल खेले पनि जुन उचाई हासिल गर्नुपर्ने थियो त्यो हासिल गर्न सकिरहेका छैनौ । त्यो अभावलाई पूर्ती गर्नको लागि उमेर समूहगत रुपमा बनेको पुरुषहरुको टिमले निकै ठूलो अर्थ राख्छ । तपाईहरुको काधमा रहेको त्यो जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने कुरा मैले विश्वास लिएको छु । तपाईहरु अगाडि बढ्नु तपाईका साथमा राष्ट्रिय खेकुद परिषद् सधैँ रहने छ ।’

च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ । राष्ट्रिय टोलिमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर रहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ४५ बजे